बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनाली विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई ९ हजारभन्दा बढी मतले हराएका हुन्।
अन्तिम मत परिणामअनुसार एमालेका मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत पाएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल तेस्रो स्थानमा छन्। उनले ३ हजार ३ सय १९ मत पाएका छन्।