सर्लाही क्षेत्र नम्बर २ को जारी मतगणनामा माओवादी केन्द्र र नेकपा एमालेबीच 'काँटेका टक्कर' छ।
यहाँ माओवादीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोबीच जम्मा ९२ मतको अन्तर छ।
अहिलेसम्मको परिणामअनुसार गठबन्धनबाट उठेका यादवले ११ हजार ८ सय २ मत पाएका छन् भने महतोले ११ हजार ७ सय १० मत ल्याएका छन्।
नेकपा एमालेका राजनारायण साह तेस्रो स्थानमा छन्। उनले ८ हजार ४ सय ६२ मत पाएका छन्।
त्यस्तै जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ४ हजार १ सय ८७ मत प्राप्त गरेका छन्।