सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धीलाई साढे ११ हजार मतले हराएका हुन्।
अन्तिम परिणामअनुसार उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले २१ हजार १ सय ६८ मत ल्याएका छन्। उनीहरूबीच ११ हजार ७ सय ७० मतको अन्तर छ।
उप्रेती २०७० मा पनि निर्वाचित भएका थिए।
यसपालि पराजित साह निर्वाचनको मुखमा मात्र माओवादी प्रवेश गरेका हुन्। उनी २०७० मा तत्कालीन तराई मधेस सद्भावना पार्टीबाट सांसद बनेका थिए।
यहाँ जनमत पार्टीका त्रिभुवनकुमार सिंह तेस्रो स्थानमा छन्। उनले ५ हजार ५ सय १९ मत पाएका छन्।