कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोदर पौडेल साढे चार हजारभन्दा बढी मत अन्तरले विजयी भएका छन्।
अन्तिम मत परिणामअनुसार पौडेलले २२ हजार ९ सय ८० मत ल्याएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका रामजीप्रसाद बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्। उनीहरूको मत अन्तर ४ हजार ५ सय ५५ हुन्छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल तेस्रो स्थानमा छन्। उनले १२ हजार १ सय ८० मत प्राप्त गरेका छन्।