पाँचथर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ४७ मतको झिनो अन्तरले निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार नेम्वाङले ३२ हजार १ सय १० मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाएका छन्।
नेम्वाङ यसअघि २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधिसभामा निर्वाचित भएका थिए। २०७६ सालमा केपी ओली सरकार हुँदा उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए।