मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाललाई झन्डै १८ हजार मतले पछि पारेका छन्।
पछिल्लो गणनाअनुसार शर्माले ३६ हजार ९ सय ९८ मत प्राप्त गर्दा ढकालले १९ हजार ११ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १७ हजार ९ सय ८७ छ।
कोरोना महामारी कालमा स्वास्थ्य मन्त्री रहेका ढकालले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका थिए। त्यति बेला पनि ढकाल र शर्माबीच नै प्रतिस्पर्धा थियो।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा अभिनेत्री रेखा थापा तेस्रो स्थानमा छिन्। उनले ८ हजार ४ सय ९७ मत ल्याएकी छन्।