मोरङ-६ का कांग्रेस उम्मेदवार शेखर कोइरालाले आफ्नो प्रतिस्पर्धीभन्दा साढे १० हजार मतको अग्रता लिइरहेका छन्।
जारी मतगणनामा कोइरालाले ३० हजार मत कटाउँदा १० हजार ६ सय ७१ मतको अग्रता लिएका हुन्।
कोइरालाले अहिलेसम्म ३० हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितले २० हजार १ सय ४४ मत पाएका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी भएका थिए।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षत्री तेस्रो स्थानमा छन्। उनले ८ हजार १ सय ८३ मत ल्याएका छन्।