पाँचथर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे नेकपा एमालेका वसन्तकुमार नेम्वाङभन्दा ९३ मतले मात्र अगाडि छन्।
आन्डम्बेले २९ हजार ४ सय ३ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेम्वाङले २९ हजार ३ सय १० मत पाएका छन्।
कुल खसेको मतमध्ये ६८ हजार १ सय गणना भइसकेको निर्वाचन कार्यालय पाँचथरले जनाएको छ।