दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी निर्वाचित भएका छन्।
गठबन्धनका उम्मेदवार चौधरी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका हुन्।
पछिल्लो मत परिणामअनुसार मेटमणि चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले २१ हजार ४ सय ७९ मत पाएकी छन्।