प्रतिनिधि सभा सदस्यतर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ मा नेकपा एमालेका बलराम अधिकारी निर्वाचित भएका छन्।
अधिकारीले माओवादी केन्द्रका चक्रपाणि खनाल (बलदेव) लाई दोब्बर मतान्तरले पराजित गरेका हुन्।
अधिकारीभन्दा खनाल १८४२९ मतले पराजित भएका हुन्।
अधिकारीले ३६६१९ मत पाउँदा खनालले १८१९० मत मात्र ल्याए।
यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८३९३ मत र नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५६३६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।