लुम्बिनी प्रदेश सभा सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन्।
रूपन्देही क्षेत्र नम्बर २ को (२) मा भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने उनका भाइ राजुप्रसाद श्रेष्ठ पाल्पा १ को (१) मा निर्वाचित भएका छन्।
श्रेष्ठ दाजुभाइ दुवै जना नेकपा एमालेबाट निर्वाचित भएका हुन्।
भोजप्रसादले नेकपा माओवादी केन्द्रका बामदेव क्षेत्रीलाई पराजित गर्दै चुनाव जितेका छन्। भोजप्रसादले १६ हजार ३०० मत ल्याउँदा उनका प्रतिस्पर्धी क्षेत्रीले ९४१० मत प्राप्त गरेका छन्।
राजुप्रसाद श्रेष्ठले नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पराजित गरेका छन्।
राजु प्रसादले १७ हजार ६४२ मत ल्याएका छने भने खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरेका छन्।
भाइ राजुप्रसाद पाल्पाबाट राजनैतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए भने भोजप्रसाद बुटवलबाट राजनीतिमा सक्रिय थिए।
एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका भोजप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश सरकारमा यसअघि स्वास्थ्यमन्त्री समेत रहेका थिए।