दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन्।
निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन्। उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ।
अब १४ हजार ४ सय ८५ मत गणना गर्न बाँकी छ।
दाङ क्षेत्र नं. १ मा ८० हजार ७०० सय मतदान भएको थियो।