नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्ककर्पोरेटले करिव २ वर्ष अगाडि ‘टियूभी ३००’ नेपाली बजारमा भित्र्याएको थियो।
ग्राहकले यस एसयुभी ‘स्पोर्ट युटिलिटी भेइकल’को पावर, पर्फमेन्स र लुक्स अत्याधिक रुचाएको मार्केटिङ म्यानेजर सिजन न्यौपानेको दावी छ। १४९९ सिसी डिजल इन्जिन रहेको एसयुभीले ३ हजार ७ सय ५० आरपिएममा ८४ बिएचपी पावर र १ हजार ५ सय आरपिएममा २ सय २० एनएम टर्क उत्सर्जन गर्छ।
३ सिलिन्डर इन्जिनयूक्त ‘टियूभी ३००’ ले १८.४९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
काठमाडौको सडकमा पनि यसले १२ देखि १३ किलोमिटर माइलेज दिने न्यौपानेले दावी गरे।
टियूभी ३०० को १ सय ८४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्सले यसलाई नेपालको बाटो सुहाउँदो बनाएको छ।
७ जनाको सिट क्षमता रहेको यस एसयुभीमा ६० लिटर इन्धन क्षमता छ।
फिचर्सको कुरा गर्नुपर्दा यसमा एबिएस, एयर ब्याग, सेन्ट्रल लकिङ, पावर डोर लक, क्र्यास सेन्सर, एयर कन्डिसनर, हिटर, रिमोट फ्युल लिड ओपनर, पावर विण्डो, इन्जिन इमोविलाइजर, चाइल्ड सेफ्टी लक, स्पिड सेन्सिङ डोर लक लगायतका सुविधा छन्।
यसैबीच सेतोपाटीले शुरु गरेको ह्याप्पी कष्टमर सेग्मेन्टमा यसै गाडीका विषयमा ललितपुरका फर्निचर र ह्याण्डिक्राफ्ट व्यवसायी कबिन्द्र ताम्राकारसँग कुराकानी गरेका छौं। ताम्राकार विगत १९ वर्षदेखि यस व्यवसायमा छन्। उनीसँग लामो समय देखि विभिन्न ब्राण्डका गाडीहरु चलाएको अनुभव छ।
भीडियो हेर्नुस् :https://www.youtube.com/watch?v=DQCRYsvynWk