द कन्भरसेसन
रियालिटी शो 'कमेडी च्याम्पियन' ले छिट्टै नयाँ विजेता पाउँदैछ। यही शनिबार बेलुका सिजन-३ को ग्रान्ड फिनाले हुँदैछ। फाइनलिस्ट तीन जनामध्ये एक जना विजेता घोषित हुनेछन्।
यो दौडमा छन् काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले।
उनीहरूमध्ये विजेता जो पनि हुन सक्छन् तर हसाउनमा तीनै जना माहिर छन्। यसको 'डेमो' उनीहरूले सेतोपाटी स्टुडिओमा देखाएका छन्।
सेतोपाटीको 'द कन्भरसेसन' शृंखला अन्तर्गत उनीहरू तीनै जना आमनेसामने भएर रमाइलो कुराकानी गरे।
उनीहरूले कमेडी च्याम्पियनसम्मको आ-आफ्नो यात्राकथा आफ्नै शैलीमा सुनाए। विजेता बनेपछि पाइने २५ लाख रूपैयाँ र गाडी के गर्छन् भन्नेबारे बताए। अनि विभिन्न विषयलाई लिएर एकअर्कालाई 'रोस्ट' गरे।
कमेडी च्याम्पियनमा दर्शक र स्रोतालाई हसाउँदै आएका उनीहरूले सेतोपाटी स्टुडिओमा पनि आ-आफ्नो खुबी प्रस्तुत गरे।
प्रस्तुत छ, उनीहरूबीचको रमाइलो कुराकानी। केही घोचपेच। केही व्यंग्य। र, केही छेडखानी।