पछिल्लो समय चर्चामा रहेको दक्षिण भारतीय फिल्म फिल्म ‘आरआरआर’ले नवौं दिनसम्म पनि विश्वभर राम्रो व्यापार गरिरहेको छ।
स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको थियो। यो फिल्मले एक सातामै ७५० करोड व्यापार गरे पनि अझै बढाउने निश्चित छ। फिल्मले दर्शकको मन जितेसँगै यसको शो घटेका छैनन् भने दर्शक बढिरहेका छन् । ‘आरआरआर’ ले बक्स अफिसमा आफूलाई एक हजार करोडतर्फ अगाडि बढाएको छ ।
बाहुबली निर्देशक एसएस राजामौलीद्वारा निर्देशित चलचित्र आरआरआर हाल सर्वाधिक कमाइको रेकर्ड राख्न सफल चलचित्रको रूपमा स्थापित भएको छ ।
डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।
फिल्म निर्माणबारे सन् २०१८ को मार्चमै घोषणा गरिएको थियो। फिल्मको मुख्य छायांकन नोभेम्बर २०१८ मा हैदरावादबाट भएको थियो। फिल्मका केही दृश्य बुल्गेरियार युक्रेनमा पनि छायांकन गरिएको जनाइएको छ।
४ सय करोडको कुल लगानीमा निर्माण गरिएको बताइएको यस चलचित्रका कलाकारहरूका लागि पनि राम्रै लगानी गरिएको देखिन्छ।
फिल्ममा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पनि प्रमुख भूमिकामा देखिएका छन्। तर पूरा फिल्ममा उनीहरूको भूमिका समय कम छ।
फिल्ममा यी दुबैको भूमिका २० मिनेटभन्दा कम छ। तर पनि यी दुई कलाकारले एकदमै धेरै पारिश्रमिक पाएका छन्।
चलचित्रमा अभिनीत कलाकारहरूको पारिश्रमिक यस प्रकार रहेको छ।
राम चरण :
रिपोर्टका अनुसार क्रान्तिकारी सितारामा राजुको पात्रको रूपमा प्रस्तुत भएका राम चरणले यस फिल्मको पारिश्रमिक स्वरूप ४५ करोड भारतीय रुपैयाँ लिएका थिए।
जुनियर एनटिआर :
देशको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरूमध्ये एक जेआर एनटीआरले पनि यस चलचित्र मार्फत पारिश्रमिक स्वरूप ४५ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।
अजय देवगण :
चलचित्रमा अतिथि कलाकारको जस्तै मात्र भूमिका निभाएका अजय देवगणले यस चलचित्र मार्फत मोटै पारिश्रमिक हात परेका छन् । रिपोर्टका अनुसार उनले यस चलचित्र मार्फत २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए।
आलिया भट्ट :
पुरै चलचित्रमा लगभग २० मिनेट भन्दा कम समय पर्दामा देखिएकी अभिनेत्री आलिया भट्टले यस फिल्मको पारिश्रमिक स्वरूप ९ करोड भारतीय रुपैयाँ लिएकी थिइन्। उनको भूमिका छोटो भए पनि उनी फिल्मकी मुख्य अभिनेत्री हुन्। उनले फिल्ममा सिताको भूमिका निभाएकी छन्।
एसएस राजामौली :
फिल्म निर्देशक एसएस राजामौलीले यस चलचित्र मार्फत निश्चित पारिश्रमिक नलिए पनि कुल नाफाको ३० प्रतिशत पाउने जनाइएको छ।