दक्षिण भारतीय फिल्मका सुपरस्टार सूर्या शिवकुमारको फिल्म ‘सोरारई पोटरू’ दक्षिण भारतीय दर्शकमाझ लोकप्रिय बन्यो।
यो सँगै निर्माण पक्षले अक्षयकुमारलाई लिएर अन्तर्राष्ट्रिय दर्शकलाई मध्यनजर राख्दै फिल्मको हिन्दी भर्सनमा रि-मेक गर्ने भएको छ।
फिल्ममा अक्षय कुमारको अपोजिट रोलमा अभिनेत्री राधिका मदानले खेल्ने निर्माण पक्षले बताएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘सोरारई पोटरू’ मा राधिकाले अक्षय कुमारकी पत्नीको भूमिका निभाउने भएकी छन्।
तमिल भाषाको ‘सोरारई पोटरू’ मा सूर्याको अपोजिट अभिनेत्रीका रूपमा अपर्णा बालामुरलीले अभिनय गरेकी थिइन्।
प्री-प्रोडक्शन स्टेजमा रहेको फिल्मलाई निर्देशक सुधा कोगाराले पश्चिमी भारतमा सेट तयार पारेका छन्।
राधिका मदानले फिल्ममा एक ग्रामीण मराठी महिलाको भूमिका निभाउनेछिन्। यसका लागि राधिकाले मराठी भाषा बोल्न र लेख्न सिकिरहेकी छन्।
फिल्म ‘सोरारई पोटरु’ को कथा एयर डेक्कनका संस्थापक जीआर गोपीनाथको जिन्दगीमा आधारित छ।
जीआर गोपीनाथ ती व्यक्ति हो जसले आम सर्वसाधारणका लागि हवाई यात्रा सहज र सस्तो बनाएका थिए। यसअघि फिल्ममा सूर्या शिवकुमारले गोपीनाथको भूमिका निभाएका थिए।
फिल्ममा उनको अभिनयलाई दक्षिण भारतीय दर्शकले औधि रूचाएका थिए। यो सँगै फिल्मले बक्स अफिसमासमेत सानदार कमाई गरेको थियो।
यति मात्र नभएर यो फिल्म ओस्कार अवार्डको मनोनयनमासमेत परेको थियो।