बलिउड कलाकारहरू खानामा निकै शौखिन हुन्छन्। आफूलाई फिट राख्न पनि उनीहरूले विशेष खानामा ध्यान दिएका हुन्छन्। तर आफूलाई मन पर्ने खाना कुनै हालतमा छोड्दैनन्।
कसैलाई भेज मनपर्छ, कसैलाई ननभेज। कोही भारतीय खाना मन पराउँछन् भने कोही विदेसी खानाका परिकार रूचाउँछन्।
यसैबीच केही चर्चित भारतीय कलाकारलाई मन पर्ने खाना के हो हेरौं है त।
करीना कपुर खान
करीना कपुर खानलाई बिरयानी, पास्ता र पिज्जा मनपर्छ। उनी अक्सर यी खाना छुटाउँछिन्।
शाहरूख खान
बलिउडका किङ खान शाहरूख खानलाई खानामा तन्दुरी चिकन औधी मनपर्छ। उनी सुटिङ होस् या विदा मनाउने क्रममा या घरमै उनी यो परिकार लिन्छन्।
क्याटरिना कैफ
क्याटरिना कैपलाई सबैभन्दा बढी आइसक्रिम मनपर्छ। यसबाहेक उनी पाउरोटी पनि स्वाद लिएर खान्छिन्।
सलमान खान
बलिउडका भाईजान सलमान खानलाई खानामा सबैभन्दा बढी बिरयानी मनपर्छ। उनी अक्सर बिरयानी छोड्दैनन्। त्यसमध्ये हैदारावादको बिरयानी औधि मनपर्छ।
अनुष्का शर्मा
क्रिकेटर विराट कोहलीकी पत्नी तथा बलिउड स्टार अनुष्का शर्मालाई चिकन बटर मसला औधी मनपर्छ। उनी सुटिङ होस् या ट्राभल्स जहाँ भएपनि यो परिकार छुताउँदिनन्।
अक्षय कुमार
बलिउड कलाकार अक्षय कुमारलाई विशेष गरी चाइनिज परिकार मनपर्छ। उनी चाइनिज खानासँगै तन्दुरी स्वाद मानि मानी खान्छन्।
दीपिका पादुकोण
दीपिकालाई विशेष गरी दक्षिण भारतीय खानाका परिकार मनपर्छ। उनी मौका मिलेसम्म दक्षिण भारतीय खाना छुटाउँदिनन्।
ऋतिक रोशन
ऋतिक रोशनलाई विशेष गरी समोसा सबैभन्दा बढी मनपर्छ। उनी प्राय खाजामा समोसा लिनेगर्छन्।
रणबीर कपुर
रणबीर कपुरलाई विशेष गरी मटन करी र बटर चिकन खाना एकदमै मनपर्छ। उनी प्राय आफ्नो खानामा यी परिकार छुटाउँदैनन्।