बलिउड बादशाह शाहरूख खान पछिल्लो समय आफ्नो नयाँ फिल्म पठानलाई लिएर लगातार चर्चामा छन्।
पठानबाट शाहरूखले पुनः बलिउडमा धमाकेदार कमब्याक गर्ने तयारीमा छन्। शाहरूखका फ्यानहरू भारतमा मात्र नभएर नेपालसहित अन्य विभिन्न मुलुकमा छन्। यो स्थानसम्म आउन खानले निकै संघर्ष गरेका थिए।
शाहरूखले आफ्नो संघर्षको कथा एक टेलिभिजन अन्तर्वार्तामा सुनाएका थिए। उक्त अन्तर्वार्तामा आफूले पाएको पहिलो तलबका विषयमा किस्सा सुनाएका थिए।
शाहरूखका अनुसार उनको पहिलो तलब ५० रूपैयाँ भारू थियो। उक्त पैसा लिएर उनी ताजमहल घुम्न गएका थिए।
ताजमहल प्रवेशका लागि टिकट खरिद गरिसकेपछि उनीसँग मात्र एक गिलास लस्सी आउने पैसा बचेको थियो। त्यसपछि उनले लस्सी लिए। तर त्यतिनै बेला उनको लस्सीमा झिँगा पर्यो। अब अर्को लिउँ भने पैसा थिएन त्यसैले उनले लस्सीबाट झिँगा फालेर पिए। उनले अगाडि भने, ‘त्यसपछि बाटोभर बमिट गर्दै घर पुगेँ।’
बलिउडमा स्थापित हुन शाहरूखले निकै संघर्ष गरेका थिए। टेलिभिजनमा काम गर्दैँ ठूलो पर्दामा भित्रिएका शाहरूख आज बलिउडकै पहिचान बनेका छन्।