बलिउड अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएको तस्बिर सार्वजनिक गरेका छन्।
बच्चन आफैंले आफ्नो शिरमा ढाकाटोपी लगाएको तस्बीर इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् ।
तस्बिर शेयर गर्दै उनले लेखेका छन्,‘केटीको केटीको’। ढाका टोपीमा मख्ख बच्चनले दुई वटा हात कम्मरमा राखेका छन्। उनको तस्बिरलाई नेपाली शुभचिन्तकहरले नेपाल र नेपालीप्रति उनले देखाएको सम्मान भन्दै खुशी भइरहेका छन्।
यस्तै अर्का बलिउड अभिनेता अनुपम खेरले पनि ढाका टोपी लगाएको भिडिओ सार्वजनिक गरेका छन्।
डेनी डोनजोङ्पा, बोमन इरानी खेर र बच्चन सँगै रहेको एक कार्यक्रममा उनीहरूले नेपाली ढाकाटोपी लगाएका हुन्।
मुम्बईमा सुटिङ भइरहेको फिल्म ‘उचाइ’को सेटबाट यी तस्वीर र भिडिओ सार्वजनिक भएका हुन्। फिल्म ‘उचाइ’को छायांकन यसअघि नेपालका विभिन्न ठाउँमा भइसकेको छ।