‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिबल हुने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो फेस्टिबलका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले जानकारी दिईन् ।
उनले अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनका लागि फेस्टिवल आयोजना गर्न थालिएको बताईन् ।
रुसी सांस्कृतिक केन्द्रमा हुने उक्त फेस्टिबलमा नेपाल, युगाण्डा, रुवाण्डा, सेनेगल, भारतसहित नौ देशका सांस्कृतिक, सामाजिक परिवेशका जीवन भोगाइका नौवटा लघुचलचित्र देखाइने छ । रासस