डेब्यु फिल्म 'प्रेमगीत ३' बाट चर्चामा आएकी अभिनेत्री क्रिस्टिना गुरूङले बुटिक व्यवसाय सुरू गरेकी छन्।
उनले काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा 'अमोरा नेपाल' नाममा बुटिक व्यवसाय सुरू गरेकी हुन्।
कृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार यो व्यवसाय सुरू गरेको क्रिष्टिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
'अमोरा नेपाल' मा महिलाहरूका लागि डिजाइन गरिएका आकर्षक कुर्थादेखि साडीसम्म उपलब्ध छन्।
व्यवसायमा हात हालेकी क्रिस्टिनाले यो यात्रालाई आफ्नो जीवनको अर्थपूर्ण कुराको सुरूवात भनेकी छन्।
सामाजिक सञ्जालमा उत्साह प्रकट गर्दै क्रिस्टिनाले लेखेकी छिन्, 'कृष्ण जन्माष्टमी मेरो जीवनमा सधैं विशेष रहँदै आएको छ र यस वर्ष यो अझ अर्थपूर्ण कुराको सुरूवात हो। यो नयाँ यात्रामा सबैलाई स्वागत छ।'
फिल्म 'प्रेमगीत ३' बाट क्रिष्टिना निकै चर्चामा थिइन्। यो फिल्म रिलिजपछि उनलाई कैयौं फिल्मका प्रस्तावहरू आएका थिए। तर, उनले ती फिल्म अस्वीकार गर्दै आइरहेकी थिइन्।