फिल्म 'कल्ली' फागुनमा प्रदर्शनमा आउने भएको छ। निर्माणपक्षले आइतबार फस्टलुक ल्याउँदै फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।
लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ।
फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, वर्षा राउत, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा, सुलक्षण भारती, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरूङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, श्याम मगरलगायत कलाकारहरूको अभिनय छ।
यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बानिया र समर्पण खतिवडा बाल–कलाकारको रूपमा छन्।
किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा महेश दवाडीको लेखन छ। सामाजिक विषयवस्तुमा रहेर यो फिल्म बनेको हो।
मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई फिल्ममा देखाइएको जनाइएको छ।