दिवाकर भट्टराई निर्देशित फिल्म 'नरसिंहा: अवतार' जेठ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
यतिबेला यो फिल्मको ट्रेलरले उत्साहजनक भ्युज पाएको छ। दर्शकले फिल्मको ट्रेलरलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
शुक्रबार सार्वजनिक ट्रेलरले आइतबार बिहानसम्म युट्युबमा १० लाखभन्दा बढी भ्युज पाइसकेको छ। युट्युवको मुभी सेक्सनमा यो फिल्म ३ नम्बर ट्रेन्डिङमा छ।
अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएका कारण पनि दर्शकहरू यो फिल्मलाई प्रतिक्षा गरिरहेका छन्।
फिल्ममा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापालगायत कलाकारको अभिनय छ।
यो फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ।