चर्चित हास्य कार्यक्रम 'जोगिन्दरको पान दुकान' को सिजन २ प्रसारणमा आउने भएको छ।
हास्य कलाकार शिव शंकर रिजाल 'जोगिन्दर' प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारदेखि बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो।
कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युबमा अपलोड हुने प्रस्तोता रिजालले बताए। विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरूलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेशवासीको लवजमा प्रस्तुत हुनेछन्। कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ।
कार्यक्रमको पहिलो भाग आज फिल्म 'होस्टल ३' अभिनेता तथा टिकटकमा कुल ब्वायको रूपमा पारस बम ठकुरी अतिथिका रूपमा देखिछन्। त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन्।
रिजालले यसअघि 'जोगिन्दरको पान दुकान' ११ वर्षसम्म विभिन्न टेलिभिजनमा संचालन गरेका थिए। पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अबभने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो।