देश-विदेशका स्टेज कार्यक्रममा सर्वाधिक खोजिने गायक प्रमोद खरेलले सेतोपाटीसँगको भिडिओ कुराकानीमा एक रोचक संस्मरण सुनाएका थिए।
संस्मरण त्यति बेलाको हो, जब उनी काठमाडौंमा बिएससी पढ्दै संगीत सिक्न थालेका थिए।
प्रमोद झापाको बनीयानी गाउँमा जन्मे-हुर्केका हुन्। उनका आमा र बुबा दुवै शिक्षक थिए। त्यही भएर उनीमाथि पढ्नुपर्छ भन्ने दबाब थियो। त्यसमाथि गीत-संगीतमा लागे पढाइ बिग्रन्छ भन्ने समाजको पुरातन धारणा थियो।
उनको यो संस्मरण त्यही धारणासँग जोडिएको छ।
भयो के भने, उनी तबला र हारमोनियम किनेर काठमाडौं लैजान भनेर बुबासँग सिलगुडी गएका थिए। फर्केर आउँदा उनीहरू बसको आखिरी सिटमा थिए। त्यही बसमा बुबाका एक जना साथीसँग भेट भयो।
ती साथीले तबला र हारमोनियम देखेर बुबासँग सोधे, 'कसका लागि लिएर आउनुभयो?'
'बुबाले खुलेर जबाफ दिन सक्नुभएन। उहाँले गर्व गरेर मेरो छोराका लागि किनेर ल्याएको भन्न सक्नुभएन,' प्रमोदले सेतोपाटीसँगको कुराकानीमा भने, 'उहाँले संकोच मान्दै स्कुलका लागि लिएर आएको भन्नुभयो।'
'त्यो बेला बुबाको अनुहार मलाई अहिलेसम्म याद छ। को मान्छेलाई भनेको हो, त्यो पनि याद छ,' प्रमोदले भने।
पूरा स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्-
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्-