आइतबारदेखि नेपालभर फिल्म 'एक्टर: टेक वन' को प्रदर्शन स्थगित गरिएको छ।
फिल्मका निर्माताले एक वक्तव्य जारी गर्दै प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरिएको जनाएका छन्।
'एक्टर: टेक वन' निर्माण कम्पनीले अर्को फिल्म 'एक्टर' को निर्माता कम्पनी डायस्पोरा इन्टरटेनमेन्ट प्रालि र सो कम्पनीका संचालक सम्राट थापाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
अनुचित लाभ लिन खोजेको आरोप लगाउँदै मुद्दा दायर गरिएको जनाइएको छ।
सो मुद्दा किनारा लागेपछि 'एक्टर: टेक वन' पुनः प्रदर्शन गर्ने प्रतिबद्धता गरिएको छ।
यो फिल्म माघ १६ गते रिलिज हुने भनिएकोमा १८ गतेदेखि प्रदर्शनमा आएको थियो।
