हिमाल न्यौपानेको निर्देशन रहने फिल्म 'जनै हराएको बाहुन' मा अभिनेता गौरव पहाडी र अभिनेता रियर राई अनुबन्धित भएका छन्।
फिल्मको लागि यसअघि अभिनेता विजय बराल प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन्। पेपरक्लिप प्रालिले बनाउन लागेको यस फिल्ममा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन्। यसमा उनले अभिनय समेत गर्नेछन्।
भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ।
फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्। यस फिल्ममा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन्। भिएफक्स सुपरभाइजर मयंक निरौला रहेका छन्। पेपरक्लिपका विमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।
यो वर्षको अन्त्यसम्ममा छायांकन सुरू गर्ने लक्ष्य राखिएको यो फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।