फिल्म 'हन्टर' को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। फिल्मका मुख्य पात्र अरूण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो।
पोस्टरमा अरूण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्। उनको अनुहारमा रगत लतपतिएको छ। यसले उनी एक्सन भूमिकामा रहने बताउँछ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्ममा अन्य कलाकार को–को रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन।
जीवन सिंहले यो फिल्मलाई निर्देशन गर्नेछन्। उनको यो डेब्यू फिल्म हो।
क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ। फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन्।
फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन्। फिल्म सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ।
'रियल पात्रको कथामा फिक्सन मिसाइनेछ। जसले फिल्मलाई रोचक र रमाइलो बनाउनेछ,' जीवनले भने।
फिल्ममा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। ममता सिहं, राज ए भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द र गोविन्द राज सह-निर्माता रहेका छन्। यस फिल्मका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन्।
प्रि-प्रोडक्सनमा रहेको फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ।
