काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चन्द्रमान मास्के प्रदर्शनी कक्षमा आइतबारदेखि 'अन्तरसम्बन्ध २०८०' नामक चित्रकला प्रदर्शनी सुरू भएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा वरिष्ठ कलाकारहरू शशि विक्रम शाह, कृष्ण मानन्धर, स्व. इन्द्र प्रधान र वत्सगोपाल वैद्यको स्किब समूहले विभिन्न चित्रकलाहरू प्रदर्शनीमा राखेको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला प्रेमीहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले कलाकारलाई प्रोत्साहन गर्न बनाइएका प्रतिष्ठानहरूमा कार्यक्रम, नीति तथा बजेटको कमी भएको भन्दै बजेट बढाउन सरकारसँग आग्रह गरे।
खनालले ‘कलाकारहरूलाई आवश्यक पर्ने सुविधाहरू, सहुलियतहरू र प्रोत्साहन कसरी दिने भन्नेबारे अगाडि बढाउन आवश्यक रहेको भन्दै आगामी दिनमा सरकारले यसलाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने आवश्यक रहेको धारणा व्यक्त गरे।
स्क्विब समूह नेपाली कला इतिहासमा एउटा सरप्राइज प्याकेज भएकोले नेपाली ललितकलामा रूची राख्ने धेरैभन्दा धेरै दर्शकहरूले प्रदर्शनीमा सहभागी होस् भन्ने आफ्नो चाहना रहेको कलाकार शशीविक्रम शाहले बताए।
असार ३ गते आइतबारदेखि सुरू भएको प्रदर्शनी असार १२ गतेसम्म चल्नेछ।
तस्विरहरु: