‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौमा आयोजीत एक भव्य कार्यक्रमका बिच सिनेमाको ‘रहर छ सँगै….’ बोलको गीत रिलिज गरिएको हो।
गीतमा सिनेमाका मुख्य कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको रोमान्स देख्न सकिन्छ।
सिनेमा फागुन १७ मा रिलिज हुनेछ। दिवाकर भट्टराई सिनेमाका निर्देशक हुन्।
गीत रिलिज भएको २४ घण्टा नपुग्दै भिडियो संजाल यूट्यूबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ।
यस गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत, दिग्गज धौलारीको शब्द तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा ब्यस्त कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
भुवन केसीको निर्माण रहेको सिनेमामा अनमोल केसी र उपासना सिंह ठकुरीका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सेनाको कथा , निर्देशक दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ ।