चैत १५ गते रिलिज हुने 'कबड्डी' फेम रामबाबु गुरूङ् निर्देशित 'साइँली'को पहिलो गीत रिलिज भएको छ।
आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सिनेमामा समाविष्ट 'नाच माया' बोलको गीत सार्वजनिक गरिएको हो।
हर्क साउदको शब्दमा तयार भएको गीतमा हेमन्त रानाको स्वर रहेको छ। गीतका संगीतकार सुशान्त गौतम हुन्।
बिहेको परिदृश्यमा गीतको छायाँकन गरिएको छ। गीतमा मेनुका प्रधान, गौरव पहारी, दयाहाङ राई तथा केनिपा सिंहले नाचेका छन्।
विक्रम स्वार गीतका कोरियोग्राफर हुन्।
यसै सिनेमाबाट गौरव पहारी तथा हेमन्त राना सिनेमा निर्माताका रूपमा आफूलाई डेब्यू गराउँदैछन्। उनहरूलाई निर्माण गायक हेमनत राना, विशाल गुरूङ, अजु पोखरेल तथा मोहन थापाले साथ दिएका छन्। पूर्वी नेपालको धनकुटामा सिनेमाको छाँयाकन गरिनेछ।
'साइँली'को नाम गौरव तथा मेनुका अभिनित तथा हेमन्तको स्वरमा चर्चित बनेको 'सुन साइँली' बोलको गीतबाट जुराइएको हो। सिनेमाले कामको खोजीमा विदेशिएको युवा र उसको पारिवारिक सम्बन्धको कथा भन्छ।
