रिलिज मिति नजिकिदैं गर्दा ‘न यता न उता’ सिनेमाले भाइबर प्रयोग गरेको छ। उसले भाइबरमा स्टिकर प्याकको प्रयोग गरेको हो ।
भाइबर प्रयोगकर्ताले च्याट गर्दा अब उक्त सिनेमाको स्टिकर प्रयोग गर्न पाउने भएका छन् । नेपाली सिनेमाको इतिहासमै भाइबर स्टिकर पहिलो पटक प्रयोग भएको हो ।
मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस सिनेमामा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहित अन्य देशि विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
सिनेमा ‘न यता न उता’ लाई रिना लामाले निर्माण गरेकी हुन् । सिनेमा माघ २५ बाट प्रदर्शनमा आउने छ ।
