‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ।
सिनेमामा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की र बिष्णु सापकोटा लगायतको मुख्य भुमिका रहेको छ। ग्रामिण परिवेशमा युवा युवतीको माया प्रेम सम्बन्ध र त्यसपछि उत्पन्न जटिल अवस्थामा सिनेमा बनेको ट्रेलरले देखाएको छ ।
विप्लव उप्रेती सिनेमाका निर्देशक हुन्। पुस २० मा सिनेमा रिलिज हुनेछ।
मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’मार्फत सिनेमा शिक्षा अध्ययन गरिरहेका उप्रेतीले निर्देशनमा डेब्यू गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह- निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।
अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । सिनेमामा संगीत सुशान्त गौतमको छ ।