‘रणवीर’को टिजर सार्वजानिक गरिएको छ ।
माघ १८ गते रिलिज हुने ‘रणवीर’ले यसअघि मोसन पोस्टर र पोस्टर सार्वजानिक गरेको थियो।
सार्वजनिक टिजरमा सिनेमाका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टक्करलाई देखाइएको छ । अघिल्ला सिनेमाको तुलनामा सुशील सिटौलाको गेटअप ‘रणवीर’मा फेरिएको छ ।
उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । सिनेमामा प्रशान्त ताम्राकार भिलेन अवतारमा देखिएका छन् ।
सिनेमालाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
सिनेमामा सुशील सिटौला र प्रशान्त ताम्राकारका अलवा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।