यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ।
साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१ औं जन्मजयन्ती एवं उनको स्मृतिमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गरेकी हुन्।
विगत ५ दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको विकास, विस्तार संवर्द्धनमा समिक्षा, अनुसन्धान प्रध्यापन, नेपाली शिक्षा परिषद्जस्ता संस्थानको व्यवस्थापन र सञ्चालनका माध्यमबाट दिएको उल्लेखनीय योगदानको सम्मानमा उनलाई यो पुरस्कार वितरण गरिएको हो।
साहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार छ।
प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरण मात्र नभई अन्य रचनात्मक र सामाजिक कार्यहरू पनि गर्नुपर्ने बताइन्।
प्रतिष्ठानको विसं २०४९ मा स्थापना भएको थियो।