‘दि ब्रेकअप’को दोस्रो गीत सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत 'हरपल' बोलको रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ । गीतको छायाँकन अष्ट्रेलियामा गरिएको हो।
गीतमा प्रकाश मल्लको शब्द, बिराज गौतमको संगीत तथा स्वर छ । पुष २७ गते रिलिज हुने सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन्।
सिनेमामा आशिरमान र शिल्पाका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।