राजधानीमा शुक्रबारबाट पहिलो ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सुरु भएको छ । राष्ट्रिय सभा गृहमा शताब्दीपुरुष सत्यमोहन जोशीले फेस्टिभलको औपचारिक उद्घाटन गरेका हुन् ।
फेस्टिभलमा फरक भूगोल, समाज तथा संस्कृति समेटिएका फिल्महरूको प्रदर्शन सोमबारसम्म चल्नेछ। फेस्टिभल शनिबारबाट नेपाल पर्यटन बोर्डको सभा हलमा हुनेछ। फेस्टिभलमा विभिन्न देशका २९ फिल्म देखाइनेछ।
फेस्टिभलमा २० बढी देशबाट ५ विधाका लागि ४ सय बढी फिल्मले सहभागिताका लागि आवेदन दिएका थिए।
फेस्टिभलमा बेस्ट वुमन फिल्म, बेस्ट चाइल्ड फिल्म, बेस्ट डकुमेन्ट्री फिल्म, बेस्ट फिचर फिल्म र बेस्ट सर्ट फिल्म विधामा छनौट भएका फिल्म प्रदर्शन हुनेछन् ।
बेस्ट वमन फिल्ममा आठ, बेस्ट चाइल्ड फिल्ममा पाँच, बेस्ट डकुमेन्ट्री फिल्ममा चार, बेस्ट फिचर फिल्ममा चार र बेस्ट सर्ट फिल्म विधामा सात नेपाली तथा विदेशी फिल्म उक्त फेस्टिभलमा सहभागी छन् ।
५ विधामा प्रदर्शनका लागि छनौट भएका फिल्म नेपाल, अमेरिका, चीन, बंगलादेश, अष्ट्रेलिया, जापान, भारत, श्रीलंका, फ्रान्सलगायतका देशका छन् ।