‘सुश्री सम्पति’को ट्रेलर सार्वजनिक गरिएको छ । सुव्रत आचार्य निर्देशित फिल्म मंसिर २८ गते रिलिज हुँदैछ।
फिल्मको सार्वजनिक ट्रेलरमा बेरोजगार दुई युवाले सुश्री सम्पत्ति पाउन गर्ने संघर्षको कथालाई देखाइएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सलोन बस्नेत , सारा सिर्पाली , विनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेलको वरिपरि फिल्मको कथा घुमेको छ ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
अभिमन्यू निरवी र निर्देशक आचार्यको पटकथा तथा संवाद रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यू निरवीकै रहेको छ ।
फिल्ममा सुरेश अधिकारीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ ।