'मै ठूली भइछु रे' बोलको गीतबाट चर्चा बटुलेकी गायिका रेश्मा सुनुवारले नयाँ गीत रिलिज गरेकी छन्। रेश्माले 'उल्लु' बोलको नयाँ गीत रिलिज गरेकी हुन्।
गीतमा स्वरसँगै रचना र संगीत पनि रेश्माले नै तयार गरेकी हुन्।
गीतका भिडियो निर्देशक बिभोर पोख्रेल हुन्। अनुराग ठकुरीको कोरियोग्राफी रहेको गीतमा अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।
गीतको भिडियो ५ दिन लगाएर चितवनमा छायाँकन गरिएको हो। हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्।