पहिलो नेपाल आइडल बुद्ध लामाको नयाँ गीत रातो टिका निधारमा सार्वजनिक भएको छ।
प्रभा आचार्यको शब्द रचनामा रहेको ‘रातो टीका निधारमा’ बोलको गीतमा बुद्ध लामा र मेलिना राईले स्वर दिएका छन्। गीतमा बसन्त सापकोटाको संगीत छ।
नागढुङ्गाको ‘पातले बन रिसोर्ट’मा छायांकन भएको उक्त भिडियोलाई सुदीप बरालले छायांकन गरेका हुन्। भिडियोको सम्पादन सुप्रिम पराजुलीको छ।
दीपक आचार्य ‘काकु’को निर्देशनमा बनेको भिडियोमा बुद्ध लामाको साथमा भिमफेदी गाइज र नुमा घलेको नृत्य देख्न सकिन्छ।
हेरौं भिडियोः