पौष २७ मा रिलिज हुने ‘चौका दाउ’ले आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ ।
सिनेमाको ‘मेरो माया कतारमा…’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा मुख्य कलाकार सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, निर्मल शर्मा, वर्षा रावत, अजस्र ढुंगाना, सोनिका केसी लगायतका कलाकारलाई नाच्दै गरेको देख्न सकिन्छ ।
गीतमा शम्भुजीत बास्कोटाको संगीत, श्रीपुरुष ढकालको शब्ल तथा संगीतकार बास्कोटा र सुमन गुरुङको युगल स्वर छ । गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन्।
सौर्यजीत प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा सौर्यजीत बास्कोटा र मनोजराज भण्डारीको लगानी रहेको छ ।
सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । ‘
पुर्णेन्दु झा फिल्मका निर्देशक हुन्।