नेपाल आइडलबाट चर्चित बनेका गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनी प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए। गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ ।
भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दीपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। प्रेमका मनका कोमल भावनाहरुको भूमिकामा काजिश श्रेष्ठ र अन्जली अधिकारीको फिचरिङ रहेको छ।
हेर्नुहोस भिडियो