‘द ब्रेकअप’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाले पुरानो सिनेमा ‘ज्वाला’को निक्के चलेको 'आज हाम्रो भेट भाको दिन'को रिमेक गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललाई नाच्दै गरेको देख्न सकिन्छ।
‘ज्वाला’ सिनेमाको उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीत तथा आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए भने 'रिमेक'मा बिराज गौतम र मेलिना राईको स्वर छ, गीतको एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् । ‘ज्वाला’को उक्त गीतमा नाचेका अभिनेता सरोज खनालले दोश्रो पटक यसै गीतमा कम्मर मर्काउने अवसर पाएका छन् ।
गीतका कोरियोग्राफर कविराज गहतराजले हुन् ।
हेमराज बिसीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल, आशिरमा देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमालाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ। कथा तथा पटकथा पनि निर्देशक बिसीले नै तयार पारेका हुन्।
सिनेमामा आगामी पौष २७ बाट प्रदर्शनमा आउने छ।