‘चंङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन…’ बोलको गीतलाई एक करोड पचास लाख हेरिएको खुशियालीमा निर्माणटिमले केक काटेर साटेको छ।
गीतले युट्युबमा एक करोड पचास लाख भ्युज पाएको अवसरमा मंगलबार निर्माण टिमले काठमाडौंमा पत्रकारमाझ केक काटेर खुशी मनायो।
काठमाण्डौमा आयोजित कार्यक्रममा सिनेमाका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्तको साथमा निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटेका थिए ।
केक काटिएपछि कार्यक्रममा निर्माता निर्माता वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक समेत हस्तान्तरण गरेका थिए ।
उनले भने, ‘गीतले एक करोड बढी भ्यूज पाएको खण्डमा उपहार दिन्छु भनेको थिएँ । सोही अनुसार उपहार दिएको हुँ । यो उहाँको पारिश्रमिक होइन ।’
‘चंङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री अपर्ण थापा, माओत्से गुरुङ, पुष्कर गुरुङ लगयतका कलाकारको अभिनय रहेको छ । फिल्म कात्तिक १६ गते रिलिज हुँदैछ।