स्याङ्जाको पर्यटकीयस्थल हरिनाशमा बृहत साहित्य सम्मेलन आयोजना गरिएको छ । ज्याग्दीखोला साहित्य प्रतिस्ठानले आयोजना गरेको सम्मेलनमा नेपालका सात वटै प्रदेशका साहित्यिक स्रष्टाहरू जमघट गराइएको थियो । साथमा छिमेकी मुलुक भारत, सिक्किमका नेपालीभाषी स्रष्टा समेत सहभागी भएका थिए ।
बुधबार सम्पन्न कार्यक्रममा मगरभाषाको साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो जुन कार्यत्रपत्र सुकुम शर्माले लेखेका थिए । प्राकृतिक सौन्दर्यले सुसज्जित हनिनाश क्षेत्रमा आन्तरिक पर्यटन प्रबर्द्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले बताए ।
कार्यक्रममा मिलन समीर, हेमन्त विवश, भुपिन, दीपेन्द्रसिंह थापा, पूर्ण समीर, महेन्द्र चन्द महासागर, किशोर पहाडी, महेश प्रसाई, अमर बानियाँ, असीम सागर, खगिन्द्रा खुसी, तिलाश्री तिम्सिना, रुपिन्द्र प्रभावी, घनश्याम परिश्रमी, रविलाल अधिकारी, अर्जुन अधिकारी, हरिकृष्ण काफ्ले, विश्वप्रेम अधिकारी, अभागी थेगुवा, शम्भु अर्याललगायतका स्रष्टाहरूले कविता, गीत, गजल र मुक्तक सुनाएका थिए ।
कार्यक्रममा मित्रलाल पंज्ञानी, मिलन समीर र नारायण मरासिनी सम्मिलित तीन सदस्यीय घोषणापत्र उपसमितिले ६ बुँदे हरिनाश साहित्यिक घोषणापत्र जारी गरेको थियो। यस्ता कार्यक्रमले पर्यटन साहित्य प्रवद्र्धनमा टेवा पुग्ने धादिङे कवि दीपेन्द्रसिंह थापाले सेतोपाटीलाई बताएका छन् ।