ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा फिल्म महोत्सव हुने भएको छ। ‘फोटो काठमाडौं’ र ‘ब्रिटिस काउन्सिल’ को साझेदारीमा छोटा फिल्म देखाइने भएको हो।
फोटो काठमाडौंको यो वर्षको तेस्रो संस्करण लिंग, पितृसत्ता, शक्ति, लैंगिकता र पहिचानमा केन्द्रित छ। यस कार्यक्रममा ड्रामा, डकुमेन्ट्री, कविता र नाच समावेश छन्। एलजिबिटी समूहले आफ्ना अनुभवहरू सुनाउने छन् र पहिचानको लागि आवाज उठाउनेछन्।
फिल्म महोत्सव कात्तिक १८ गतेदेखि ब्रिटिस काउन्सिलमा हुनेछ।
यहाँ ‘आइ एम अ वुमन’, ‘वि लभ वुमन’, ‘क्रस’, ‘बालकोनी’, ‘टेक योर प्यार्टन’ लगायतका फिल्म देखाइनेछ। आयोजकका अनुसार महोत्सवमा एलजिबिटी समूह केन्द्रित छलफल पनि हुनेछ।