'चुरीफुरी' र 'द्रौपदी' फिल्म निर्माणको घोषणा गरिएको छ।
मंगलबार आफू निर्देशित तथा निर्मित 'ड्रिम गर्ल'को ट्रेलर सार्वजनिक गरेसँगै ऋषिराज आचार्यले यी दुई फिल्मको घोषणा गरेका हुन्।
दुबै फिल्मलाई आचार्यले नै घोषणा गर्ने जानकारी कार्यक्रममा दिइएको थियो।
उनले हाल फिल्म लेखनको चरणमा रहेको पनि बताए। फिल्मको स्क्रिपट लेखन सकिएपछि कलाकार छनौट गरिने उनको भनाइ थियो।
र्देशक आचार्यले नयाँ फिल्मको घोषणा अहिले भएपनि ‘ड्रिम गर्ल’ रिलिजपछि मात्र फ्लोरमा जाने जानकारी दिएका छन्।
दक्षिण भारतको रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा 'चुरीफुरी' र 'द्रौपदी' निर्माण हुनेछ । ‘ड्रिम गर्ल’ मा पनि यो कम्पनीको लगानी छ ।