युवा पाठकहरू माझ लोकप्रिय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा लेखक भट्टराइसहित अभिनेत्री आचल शर्मा, गायिकाहरु सिवानी मोक्तान र शीतल मोक्तानले पुस्तक सार्वजनिक गरेका हुन्।
प्रेममा केन्द्रित पुस्तक लेखकका रुपमा सुविन चर्चित छन्। फाइनप्रिन्टबाट प्रकाशित भएको ‘प्रिय सुफी’ ले भने प्रेरणा पनि दिने उनी बताउँछन्।
‘पाठकहरुलाई प्रेरणा दिउ भनेर प्रिय सुफी लिएर आएको छु,’ उनले भने, ‘कुनैबेला एउटा कथाले छाएको थियो। त्यही कथालाई मैले टिपेर अघि बढाएको छु।’

अभिनेत्री आचलले पुस्तक पढ्न आतुर भएको बताउँदै भनिन्, ‘यो पुस्तकले म लगायत अन्य पाठकले प्रेरणा पाउछन् भन्ने आशा छ।’
गायिका सिवानी र शीतले आफूजस्तै दिदी–बहिनीको लागि पुस्तक झनै विशेष रहने उल्लेख गरे। उनीहरुले क्रार्यक्रममा सांगितिक प्रस्तुति समेत दिएका थिए।
कार्यक्रममा फाइनप्रिन्टका अजित बरालले दार्जिलिङका नयाँ लेखक छुदेन काविमोलाई चिनाए। उनको पुस्तक फाइनप्रिन्टबाट आउने जानकारी दिए।