नेपाली सुगम सङ्गीतका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ शैलीमा प्रस्तुत भएका छन् ।
महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो ।
'शिवालय' एल्बममा समाविष्ट यस गीत सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको शिवको भनाइ छ। गीत अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठ भिडियोकी निर्देशक हुन् ।
गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ।