दशैँमा रिलिज हुने सिनेमा ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहिबार सिनेमाको ट्रेलर सार्वजानिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, द्धन्द्व, हाँसो रोदनलाई समेटिएको छ ।
१२ वर्षपछि पुन: फिल्म निर्देशनमा फर्किएका अशोक शर्माले फिल्मलाई दर्शकहरूले मनपराउने बताए।
अभिनेत्री स्वस्तिमा खड्कालाई पाउन तीन अभिनेता तँछाडमछाडलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ ।
फिल्म दशैंमा रिलिज हुने निर्माणपक्षले जनाएपनि कुन मितिमा आउने भन्नेबारेमा केहि बताएको छैन्। सम्भवत: दशैंमा फिल्म 'छक्का पञ्जा ३'सँगै एकै मितिमा रिलिज हुनेछ।
सिनेमाको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।
सिनेमामा खगेन्द्रका लामिछानेका अलवा सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीरकल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ ।